धरान:  मेयर हर्क साम्पाङले आदिबासीहरु जनजाति नभएको जिकिर गरेका छन् ।

२८ औं विश्व आदिबासी दिवस मनाउन धरानमा आयोजित वृहत सभालाई सम्बोधन गर्दे मेयर साम्पाङले यस्तो जिकिर गरेका हुन् । उनले जनजाति शब्द प्रयोग गर्न छोड्नुपर्ने भन्दै आदिबासी मुलबासी भन्न आग्रह पनि गरे ।

‘म जनजाति मान्दिन, आदिबासी मुलबासी भनौं । म अरुसँग सिक्दिन, अरुको विश्वविद्यालय पढ्नु छैन मलाई । म फाल्टै मान्छे हो । अरुले बुझेको म बुझ्ने वाला छैन,’ उनले भने,‘मैले बुझेको जनजाति भनेको खेताला हो, हामी खेताला हो त ? तर विभिन्न खालको क्रियाकलापहरु हेर्दा हाम्रो समुदायका मान्छेहरु एक प्लेट चाउमिनमा झगडा गर्न जानुपर्ने, ढुंगा हान्न जानुपर्ने, एक हजार पैसा र पदको लोभमा अरुको लागि हिडिरहको छौं भने, त्यो जनजाति हो ।’

मेयर साम्पाङले कसैको प्रयोग वा कसैले परिचालन गरिरहेको छ भने उसको हैसियत केही पनि नरहने बताए । जनजाति शब्द उच्चारण नगर्न आग्रह गर्दै उनले सभ्यता, सँस्कार, भाषा र छुट्टै सीप बोकेर हिड्ने व्यक्ति आदिबासी हुने पनि बताए । ‘आदिबासी भनेको त्यो व्यक्ति हो, जसले एउटा सम्भयता बोकेको हुन्छ, सँस्कर बोकेर हिडेको हुन्छ । छुट्टै भाषाशैली र सिप कौशल बोकेर हिडेको हुन्छ,’उनले भने ।

भिडियो: