सुनसरी" सामसङ नेपालले इटहरीमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङले आज (मंगलबार) इटहरीमा उक्त कार्यक्रम गरेको हो । 

रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ३० व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र IPX8 को खुबीहरु प्रस्तुत गरिनुका साथै छलफल गरिएको थियो । 

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको भने मुख्य स्क्रीन सक डिस्पर्सन तहका साथ जडान गरिएको कम्पनीले जनाएको छ । अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन पनि गरिएको जनाएको छ । यसका साथै IPX8 को समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । 

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा फ्लेक्स हिन्जले थप विस्तार गरिएको छ भने नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता रहेको कम्पनीको भनाई छ । यो अधिकतम दिगोपनाको लागि गरिएको साथै उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । 

ग्यालेक्सी जेड फ्लिप ५ ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्ने पनि कम्पनीको दाबी छ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यी सबै एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध रहेको र मुल्य.१ लाख ३९ जार ९९९ रुपैया रहेको छ । 

यसैगरि, वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका आकर्षक रङ्गहरुमा उपलब्ध छ । यसमा १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि स्टोरेज क्षमता भएको २ प्रकारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मुल्य २ लाख २६ जार ९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस ५१२ जिबि) को मुल्य २ लाख ३९ जार ९९९ रहेको छ । 

यी मोडलहरुको प्रि अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भैसकेको र हरेक फोल्डयोग्य डिभाइसको प्रि–अर्डरमा ग्राहकहरुले २५ हजार सम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सक्ने पनि कम्पनीले जनाएको छ । यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रतिमहिना ७ हजारसम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्ने पनि सुविधा रहेको छट । ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङले एकपटकको लागि एनएलजि इन्सुरेन्ससँगको सहकार्यमा ब्रेकेज बीमा सेवा पनि उपलब्ध गराएको छ भनें एक वर्षभित्रमा एकपटकको लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको जानकारी दिएको छ ।