धरान: घण्टाघरबाट निकालिएका ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्न माग गर्दै संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गरिएको छ ।

मेयर हर्क साम्पाङलाई एक साताको अल्टिमेटम दिदै ज्ञापन पत्र बुझाए पनि वेवास्ता गरेको भन्दै ट्रेड युनियनहरुले संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समिति शम्सेर वर्देवाको संयोजकत्वमा ३० सदस्यीय गठन गरिएको छ । समितिको सहसंयोजकमा छविलाल विष्ट र सचिवमा देउमान लिम्बु रहेका छन् । 

ghantaghar3

समितिले शुक्रबार घण्टाघरमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना भएको थियो । भोली शनिबार बिहान १० बजे घण्टाघरमा तालाबन्दी गर्ने संघर्ष समितिले घोषणा गरेको छ भने आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म धरानमा रहेका यातायातका सवारीसाधनहरु बन्द गर्ने पनि घोषणा गरिएको छ । आन्दोलनको थप कार्यक्रमहरु सचिवालयको बैठक बसेर निर्णय गर्ने पनि संघर्ष समितिका संयोजक बर्देवाले बताए । 

मजदुर नेता लिला प्रधानले गरिखाने मजदुरलाई विना कारण निकालेर मेयर साम्पाङले आफन्त र आसेपासेहरुलाई भर्ती गरेको भन्दै आक्रोश पोखे । अन्यायमा परेका मजदुरहरुलाई न्याय नदिलाएसम्म आन्दोलन नरोकिने उनले बताए । 

भिडियो: