धरान: धरानमा क्रियाशिल राजनीतिक दलहरुले सामाजिक सद्भाव खलल पुर्याउने गतिविधिहरु नगर्न अपिल गरेका छन् । धरानमा क्रियाशिल विभिन्न १३ राजनीतिक दलहरुले शुक्रबार संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

दलहरुले धरानमा देखा परेको धार्मिक, साँस्कृतिक विवादका बिषयहरुलाई सर्वपक्षीय, सर्वदलीय वार्ताको माध्यमबाट समाधान गर्न प्रतिवद्ध रहेको पनि जनाएका छन् । साथै, भोली भदौ ९ गते धरानमा हुने भनिएको पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरि वातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन पनि सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ । 

परिस्थितिलाई गाम्भिर्यतालाई मनन् गर्दे सामाजिक सञ्जाललगायतबाट सद्भाव खलबलिने सामग्रीहरु पोष्ट, सेयर तथा कमेन्ट नगरिदिन पनि दलहरुले अपिल गरेको छ ।

dharan political copy