धरान: घण्टाघरमा कार्यरत मजदुर निकालिएको विवादले तालाबन्दी भएपछि मेयर हर्क साम्पाङले बोलाएको वार्तामा आन्दोलनरत पक्षसँग सहमति भएन ।

संयुक्त ट्रेड युनियन संघर्ष समितिले आइतबार घण्टाघरमा तालाबन्दी गरेपछि मेयर साम्पाङले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । आन्दोलनरत पक्ष वार्तामा गएपनि मेयर साम्पाङले निकालिएका दुवै मजदुरलाई पुर्नवहाली गर्न नसक्ने अडान लिएपछि सहमति हुन नसकेको हो । वार्तामा संघर्ष समितिले पुर्नवहाली गर्न वा विगत १८ बर्षदेखिको श्रमको मुल्यांकन गर्दै उचित राहत प्याकेज दिएर सम्मानपुर्वक विदाई गर्नुपर्ने धारणा राखेका थिए ।

ghantaghar2

मेयर साम्पाङले भने तालाबन्दी खोल्न आग्रह गर्दै आफुले भोली मात्र निर्णय गर्ने बताएपछि संघर्ष समितिले सहमति जनाएन । केहीबेर मेयर साम्पाङ र संघर्ष समितिका सदस्यहरुबीच भनाभन पनि पर्यो । संघर्ष समितिका संयोजक शम्सेर वर्देवाले आफुहरुको मागबाट पछि नहट्ने भन्दै आन्दोलन जारी राख्ने बताएका छन् । 

भिडियो: