धरान: दशैं तिहारलाई लक्षित गरि यामाहाको FZ-SV3 को नयाँ अवतार सार्वजनिक गरिएको छ । 

धरानको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता बिजयपुर ट्रेड्र्सले FZ-SV3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गर्दै बिक्री शुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलाय धरानका प्रहरी निरीक्षक सुभाष केसीले उक्त मोटरसाइकल सार्वजनिक गरेका थिए । यो मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको रङहरूमा उपलब्ध रहेको छ ।

यो मोटरसाईकलमा नयाँ ब्याकलाइट डिजाइन भएकोले उक्त मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस छ भने उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित रहेको कम्पनीले जनाएको छ । मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित रहेको विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिए । उक्त मोटरसाईकलको बजार मुल्य ४ लाख ४ हजार ९०० रहेको छ । उनका अनुसार यो मोतटरसाइकल धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो । 

yamaha1

कम्पनीका अनुसार नेपाली बजारमा यी यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ। यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ । बजारबाट प्राप्त सुझावहरूको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखला नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको विजयपुर ट्रेडर्सका सञ्चालक खतिवडाले जानकारी दिए।