धरान: संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलन आज बिहिबारदेखि भने देशव्यापी बनेको छ । सबै स्थानीय तहका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षक र कर्मचारीहरु आन्दोलित हुँदै स्थानीय तहमा धर्ना बसेका छन् । यसैक्रममा धरानका शिक्षक, शिक्षिकाहरु पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपमहानगरपालिका परिसरमा धर्नामा बसेका थिए ।

teacher andolan1

शिक्षकहरु आन्दोलनमा उत्रिएपछि विद्यालयमा पठनपाठन भने ठप्प भएको छ । शिक्षक शिक्षिका र कर्मचारीहरुले धर्नास्थलमा नै हाजिरी पनि गरेका छन् । माग पुरान नभएसम्म आन्दोलन जारी रहने धरानका आन्दोलनका सहसंयोजक आशबहादुर राईले जानकारी दिए । राजधानीमा पनि विभिन्न जिल्लाबाट गएका शिक्षक, शिक्षिकाहरुले वृहत प्रर्दशन गरिरहेका छन् ।

आन्दोलित शिक्षक तथा कर्मचारीहरुले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायीत्व, विद्यालय कर्मचारीको दरबन्दी सृर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रअ नियुक्ती, सरुवा, कार्यसम्पादन मुल्यांकनलगायतका बिषयमा माग राखेर आन्दोलन गरेका हुन् । 

भिडियो: