धरान: ठुलो परिणामको नियन्त्रित औषधीसहित प्रहरीले धरानबाट २ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार धरान १६ मा डेरा गरि बस्ने २२ बर्षीय शेरबहादुर सुनुवार र धरान १ का ३३ बर्षीय सुसन श्रेष्ठ पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज शनिबार दिउँसो १ बजे सुनुवारलाई पक्राउ गरेको हो । उनको साथबाट स्पास्पेन ३ हजार ८ सय ट्याबलेट, ट्रामाडोल ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर १ बुलेट,  नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ पनि वरामद भएको थियो । 

सुसन श्रेष्ठ 4

यस्तै, सुसनलाई  स्पास्पेन ३ सय ट्याबलेट र ट्रामाडोल ५ सय क्याप्सुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । औषधीसहित पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ । यसैगरि, सोही प्रहरी टोलीले बिराटनगर १४ र १५ बाट रेडिमेड कपडा कुर्था सुरुवाल, कस्मेटिक्सका सामान लगायत लेडिज ईनर समेत गरी करिव ८० हजार ३ सय ७० रुपैया मुल्य बराबरको सामान बरामद गरि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।

शेर बहादुर सुनुवार 2