धरान: नेपालीहरुका विभिन्न चाड पर्वको अवसरमा धरानका मदिरा व्यवसायीहरूले शुभकामना आदनप्रदान कार्यक्रम   गरेका छन् ।

धरान मदिरा व्यवसायी संघले विजयादशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । धरान १६ स्थित गुरूङ बीबी क्युमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष नवीन तामाङ रहेका थिए । कार्यक्रममा धरानमा रहेका मदिरा व्यवसायी तथा वितरक र विभिन्न कम्पनीका मार्केटिङ प्रतिनिधिहरूको उपस्थित रहेको कार्यक्रमको सभापति संघ धरान अध्यक्ष लिलकुमार माझी रहेका थिए ।

madira1

संघका उपाध्यक्ष प्रदिप कुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा वितरक संघका अध्यक्ष युगल श्रेष्ठ, संघ पुर्व सल्लाहकार मनोज श्रेष्ठ, संघका सल्लाहकार विजय मानन्धर र सुनिल श्रेष्ठ, मानन्धर सेवा समाजका अध्यक्ष विश्वरत्न मानन्धर     लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा संघ पुर्व सल्लाहकार मनोज श्रेष्ठ, सल्लाहकार विजय मानन्धर तथा महासंघका कोशी प्रदेश अध्यक्ष तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।