धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैंको आगमनले त्यसै पनि गाउँघर, सहर बजार सबैतिर खुशी छाएको छ । शनिबार (हिजो) त झन् फुलपातीको रमझम । साँझमा धरान ५ स्थित भिन्टेज फेमिली रिसोर्टमा फुलपाती हिपहप फेस्टको आयोजनाले संगीतमय बन्यो ।

द फ्लो फ्याक्ट्रीले आयोजना गरेको फेस्टमा गायक गंगा वरदानदेखि निर्णय एनएसकेको पनि प्रस्तुती रहेको थियो । यस्तै, फ्लो फ्याक्ट्रीका युवा हिपहप गायकहरुले पनि मनोरञ्जन दिएका थिए । 

भिडियो:

कार्यक्रममा म्युजिसियन एवं कम्पोजर विशन मानन्धनलाई सम्मान पनि गरिएको थियो । द फ्लो फ्याक्ट्रीका सिइओ सरल उदास (डिजे डबल बि)ले सम्मान पत्र प्रदान गरेका थिए । तीन दशकदेखि गीत, संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मानन्धरलाई सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मान ग्रहण गरेपछि मानन्धरले खुशी व्यक्त गर्दै धरानलाई कहिल्यै पनि नभुल्ने बताए । कार्यक्रममा पौभा आर्टका कलाकारहरुले बनाएका चित्र प्रर्दशनी पनि गरिएको थियो भने कलाकारहरुले चित्र पनि बनाएका थिए ।

Ganga bardan

hiphop1

hiphop7

hiphop8