धरान:चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुले सागर बरु सुकेर गइजाला..बोलको गीत १० लाखले हेरेको खुशीयाली धरानमा साटेका छन् ।

धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको आरा धरानमा गायक लिम्बुले आफ्ना शुभेच्छुकहरुसँग केक काटेर सेलेब्रेसन गरेका हुन् । गायक लिम्बुसँगै मोडल वादल श्रेष्ठले संयुक्तरुपमा केक काटेका थिए । गायक लिम्बुले जन्मथलो सुनसरीकै प्रकाशपुर भएपनि धरान कर्मथलो भएकोले १० लाख भ्युज पुगेको खुशीयाली मनाउन आएको बताए । 

dipak2

सिन्धु रानाले रचना गरेको यो गीतमा रेशमलाल चौधरीले संगीत भरेका छन् । यो गीत सपना श्रीले पनि गाएकी छिन् भने पुरुष स्वरमा गायक लिम्बुले नै गाएका थिए । करिब २ महिनाअघि उनले पुनः नयाँ भर्सनमा यो गीतको म्युजिक भिडियो रिलिज गरेका थिए । म्युजिक भिडियोमा वादल श्रेष्ठ, गरिमा शर्मा मोडल छन् । 

भिडियो: