धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बिक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष धरानका विभिन्न समस्या समाधानको आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास वालुवाटारमा  प्रधानमन्त्री दाहाललाई मंगलबार भेटेर उपमेयर बेघाले विभिन्न ५ वटा समस्या समाधानको लागि आग्रह गरेका छन् । भेट सकरात्मक भएको उनले प्रतिक्रिया दिए । उनले सोमबार स्वास्थ्यमन्त्रीलाई पनि भेटेर प्रतिष्ठानको समस्या समाधानको आग्रह गरेका थिए ।

उपमेयर बेघाका अनुसार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षक तथा कर्मचारी बढुवाको समस्या तत्काल हल भएपनि दिर्घकालिन समस्या हल गरिदिन आग्रह गेका छन् । साथै स्थानिय सरकारले प्रतिष्ठानको नियमन, अनुगमन र कार्यवाहि सिफारिस गर्ने कानुनी प्राबधान मिलाईदिन पनि उनले प्रधानमन्त्री दाहाल समक्ष आग्रह गरेका छन् ।

begha cm1

'प्रधानमन्त्री ज्युले वीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रदाधिकारीलाई बोलाएर रोडम्याप दिएर पठाउनुभएको रहेछ । त्यही अनुसार नगर प्रमुखको उपस्थितिमा समस्या भयो, राम्रो नै भयो,' राजधानीमा रहेका उपमेयर बेघाले भने, 'मैले वीपीलाई स्थानीय सरकारले प्रत्यक्ष प्रत्यक्ष निगरानी गर्न सक्छौं । त्यसैले नियमन, अनुगमन र कारबाही सिफारिशको कानुनी व्यवस्थाको आग्रह पनि गरेको छुँ । प्रधानमन्त्री ज्युले नियमावली, ऐन कानुन मिलाएर गर्दा हुन्छ, सल्लाह गरौंला भन्नुभएको छ ।'

यसैगरि, कोशी राजमार्गबारे नगरकार्यपालिकाको निर्णयबारे जानकारी गराउदै उपमेयर बेघाले त्यस सम्बन्धमा बिशेष निर्णय गरिदिन पनि प्रधानमन्त्री दाहाललाई आग्रह गरेको उपमेयर बेघाले जानकारी दिए । यस्तै धरानको विभिन्न वडाहरुको प्रमुख समस्या रहेको हाईटेन्सन लाईनको स्थानान्तरण गरिदिन, खानेपानीको पुर्ण व्यवस्थापन गर्न आवश्यक सहयोग गरिदिन र धरान-तरहरा सडक खण्डको सडक तुरुन्तै निर्माण कार्य गरि नागरिकलाई परेको सास्ती हटाईदिन पनि आग्रह गरेको उपमेयर बेघाले जानकारी दिए ।