धरान: नेपालीहरुको चाड तिहार संघारमा छ । तर धरान ९ गौतमपथका बासिन्दा, व्यापारी एवं जनप्रतिनिधिहरुले भने तिहारको रौनक ल्याइसकेका छन् । 

साँझ गौतम पथमा पाइला टेकेपछि त्यहाँको रमाइलो वातावरण र उमंगले जोकोहीलाई भुलाउछ । तपाई आफै टिकटक बनाउन थाल्नुहुनेछ वा अरुले बनाएको हेरेर रमाउनुहुनेछ । टोल विकास समिति, स्थानीय घरधनी र व्यापारीहरु मिलेर गौतम पथलाई तोरण र झिलिमिली बत्तीले सजाएका छन् । अहिले गौतम पथमा रमाउन पुग्नेहरुको भीड छ । टिकटक बनाउदै गरेकाहरुको संख्या उल्लेख छन् । स्थानीयबासी तथा व्यापारीहरु पनि खुशी छन् । 

वडा नं ९ का अध्यक्ष रुपेश आचार्यले टिएलओ, स्थानीय घरधनी र व्यापारीहरु मिलेर तोरण र बत्ति हालेको जानकारी दिए । उनले स्थानीय व्यापारी र ट्राफिकसँग समन्वय गरेर बेलुकी ६ बजेदेखि टेम्पो, सिटि सफारी प्रवेश गर्न नदिनेबारे पहल गर्ने बताए । ‘यो कार्यले चाडपर्व आएको महशुस गरायो, चपहपहल पनि बढेको छ । व्यापारी र ट्राफिकसँग समन्वय गरेर टेम्पो, सफारीलाई साँझ ६ बजेदेखि आउन नदिनेबारे छलफल गछौं,’उनले भने ।

भिडियो:

स्थानीय युवा एवं धरानको कार्यपालिका सदस्य विकास भाटीले गौतमपथ विकास बोर्ड, टिएलओको व्यवस्थापनमा काम भएको बताए । पहिलादेखि नै यो सोच भएपनि युवा व्यापारीहरुको पहलमा काम शुरु भएको कार्यपालिका सदस्य भाटीले बताए । उनका अनुसार व्यापारीहरुले एक हजारको दरमा आर्थिक संकलन भएको थियो । त्यसरी संकलन भएको बजेट अपुग भएपछि घरधनीलाई पनि आग्रह गर्दा सहयोग भएको उनले बताए । ‘खस्कदै गएको व्यापारलाई उकास्ने योजना हो । घुम्न आवोस्, टिकटक बनाओस् भन्ने उद्देश्य हो । सबैबाट सकरात्मक साथ र प्रतिक्रिया पाइरहेका छौं,’उनले भने ।

gautam path

स्थानीय व्यापारी कुमार राउतले व्यापार नभएर निराश भएको बेला धरानमा यस्तो जुटेर काम गर्छन् भन्ने सन्देश दिन पनि यो काम गरेको बताए । अपेक्षा गरेभन्दा धेरै चर्चा भएको र मानिसहरु घुम्न आउदा ज्यादै खुशी भएको उनले बताए । ‘इटहरी, कलाबञ्जार तिरबाट घुम्न आउछन् । विदेशबाट पनि चर्चा गरिरहेका छन्, यसले खुशी दिएको छ,’उनले भने । 

टिएलओ राजकुमार भुजेलले घरधनीहरुले पनि आफ्नो घरमा भाडामा बसेका व्यापारीहरुलाई राम्रो होस् भन्ने चाहना राखेर सहयोग गरेको बताए । छठसम्म तोरण र बत्ति राख्ने जानकारी दिदै उनले फुड फेस्टिवल पनि आयोजना गर्ने योजना रहेको बताए । ‘आगामी माघ महिनामा फुड फेस्टिवलको योजना पनि छ,’उनले भने ।

gautam path5

स्थानीय व्यापारी केदार घिमिरेले पनि धरानमा मेला लाग्न छोडेकोले तिर्सना मेटिने र ग्राहकहरु पनि आउने भएकोले आयोजना गरिएको बताए । ‘व्यापारीहरुको चाहना थियो, तर वडाअध्यक्ष रुपेश आचार्य ज्यु, कार्यपालिका सदस्य विकास भाटी, घरधनी सबैले साथ दिनुभयो । हामी खुशी छौं,’उनले थपे,‘हाम्रो पसलमा डिस्काउन्ट अफर पनि चलिरहेको छ, ग्राहक महानुभावहरु आउनुहोला ।’

gautam path2

gautam path4

gautam path6