धरान: दुर्घटनाग्रस्त ट्रीपरलाई क्रेनले सडकबाट हटाएपछि हिजो रातीदेखी अवरुद्ध कोशी राजमार्ग सुचारू भएको छ ।

सागुरीगढी ६ कोल्बोटेमा हिजो राती करिब ७ बजे तीन वटा ट्रीपर दुर्घटना भएको थियो । तीनवटा ट्रीपरले सडक ढाकेपछी रातीदेखी नै सडक अवरुद्ध भएको थियो ।

सडक खुलाउन आज बिहान विराटनगरबाट २ वटा क्रेन झिकाएर सडक खुलाईएको भेडेटारका ट्राफिक प्रहरी इन्चार्ज राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दिउँस  करिब अढाई बजेदेखी कोशी राजमार्ग संचालनमा आएको हो ।