धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले भुकम्प प्रभावित जाजरकोटमा श्रमदानबाट २ वटा अस्थायी आवास निर्माण गरिदिने भएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप कांग्रेसको धरान कार्यसमितिले जाजरकोटमा २ वटा अस्थायी आवास निर्माण गर्ने भएको हो । उक्त आवास निर्माणको लागि धरानका निवर्तमान मेयर एवं कांग्रेस महासमिति सदस्य तिलक राईको नेतृत्व ६ जनाको टोली जाजरकोट जाने भएका छन् । निवर्तमान मेयर राईसँगै कांग्रेस प्रदेशसभा १/१ का सचिव राजेन्द्र राई, प्रदेशसभा १/२ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष बिक्रम तामाङ र कांग्रेस वडा १७ का सचिव सुर्यकुमार सुनुवार पनि श्रमदानको लागि जाजरकोट जाने कांग्रेस धरानका सभापति श्याम पोख्रेलले जानकारी दिए । 

जाजरकोट जाने टोलीलाई नेपाली कांग्रेस धरान कार्यसमिति, सुनसरी क्षेत्र नं १, प्रदेशसभा १/१ र प्रदेशसभा १/२ कार्यसमितिले सोमबार एक कार्यक्रम आयोजना गरि विदाई गरेको थियो । उक्त टोली भोली (मंगलबार) बिहानै २ बजे जाजरकोटतर्फ प्रस्थान गर्ने पनि कांग्रेस सभापति पोख्रेलले जानकारी दिएका छन् । पार्टी केन्द्रीय समितिले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई अस्थायी आवास निर्माण अभियानमा पार्टीका सबै तहलाई श्रमदान र सहयोग गर्न निर्णय गरेकोले धरानबाट पनि श्रमदान गर्न टोली खटाइएको पोख्रेलले जानकारी दिए । 

congress jajarkot1

जाजरकोट जाने टोलीको नेतृत्वकर्ता एवं धरानका निवर्तमान मेयर राईले २ वटा अस्थायी आवास बन्ने गरि जस्ता पाता र अन्य आवश्यक निर्माण सामग्रीसहित एउटा गाडीमा बिहानै जाजरकोट प्रस्थान गर्ने बताए । उनले जाजरकोटको बढी क्षति भएको बाह्रेकोटमा जाने गरि स्थानीय पार्टी संयन्त्रसँग समन्वय भइरहेको पनि बताए । चिसो बढ्दै गएको भएपनि २ वटा अस्थायी आवास निर्माण गरेर मात्र फर्कने उनले बताए । बस्न र सुस्तको लागि त्रिपाल, टेन्ट, ग्याँस सिलिण्डर, विजुलीको सामग्री, खाद्यान्न, तरकारी सबै लिएर नै जाने राईले बताए । आफ्नो लागि र भुकम्प पीडितहरुलाई पनि वितरण गर्ने गरि औषधी पनि व्यवस्था गरिएको उनले जानकारी दिए । 

कांग्रेसबाट धरानमा निवार्चित ७ जना वडाअध्यक्षहरु, बस व्यवसायी संघ, उद्योगी व्यवसायीहरुबाट पनि सहयोग भएको निवर्तमान मेयर राईले जानकारी दिए । ‘बेल्चा, गैती, झम्पल, काटी, विजुलीको तार, पानीको पाइप पनि लिएर जादैछौं,’ उनले भने,‘२ वटा घरलाई पुग्ने गरि निर्माण सामग्री र हामी बसुञ्जेल चाहिने खाद्यान्न पनि बोकेर जादैछौं ।’ घर निर्माणमा स्थानीय ४ जना मिस्त्रीलाई ज्यालामा सहयोग लिने पनि उनले जानकारी दिए । सरकार र पार्टीले पनि पुर्ननिर्माणमा आह्वान गरेको हुनाले धरानलाई चिनाउने गरि आफ्नो नेतृत्वमा जाजरकोट जाने निर्णय भएको उनले बताए ।

भिडियो: