धरान: धरान उपमहानगरपालिकाबाट अवकाश लिइएका अस्थायी कर्मचारीहरुलाई सेवा सुविधा सिफारिश गर्न गठित समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । 

उपमहानगरपालिकाको मंसिर ७ गते बसेको कार्यपालिका बैठकले अवकाश दिइएका कर्मचारीहरुको सेवा सुविधाबारे सिफारिश समिति गठन गरेको थियो । उक्त समितिले अवकाश दिइएका कर्मचारीहरुलाई जति बर्ष सेवा गरेका हुन्, त्यति नै महिनाको उपदान लिएमा न्याय संगत हुने निर्णय गर्दे सिफारिश गरेको छ । शुक्रबार समितिका संयोजक तथा वडा २ का अध्यक्ष रमेश राई र समितिका सदस्य एवं वडा १४ का अध्यक्ष कृष्ण भट्टराईले मेयर साम्पाङलाई प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझ्दै मेयर साम्पाङले अध्ययन गर्ने प्रतिक्रिया दिए । 

मंसिर ७ गतको कार्यपालिका बैठकमा मेयर साम्पाङले उक्त बैठकमा घण्टाघरका अवकाश दिइएका २ जना कर्मचारीलाई उपदान दिने एजेण्डा पेश गरेका थिए । तर वडाअध्यक्षहरुले वडाका कर्मचारीहरु पनि अवकाश दिइएकोले उनीहरुको बारेमा पनि निर्णय लिनुपर्ने अडान राखेका थिए । वडाअध्यक्षहरुको उक्त अडान पछि वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा ५ सदस्यीय समिति कार्यपालिकाले गठन गरेको थियो । 

भिडियो: