धरान: विष्णु मेमोरियल सेकेण्डरी स्कुल धरान ९ ले माया घर नेपाललाई सहयोग गरेको छ । 

विद्यार्थीहरुलाई असल सँस्कार र असहाय मानवहरुप्रति निःस्वार्थ सेवाभाव जगाउने उद्देश्यले विद्यालयले इटहरी २ स्थित ूमाया घरलाई सहयोग गरेको जनाएको छ । माया घरले असहाय, अशक्त तथा हिंसा पीडित र सडक मानवहरुलाई उद्दार गरेर संरक्षण गर्दै आएको छ । 

माया घरलाई सहयोग गर्न कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रुपमा रकम संकलन गरेका थिए । यसरी संकलन भएको नगद ४६ हजार ९०५ रुपैयासँगै ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा १६ जेब्रा पनि माया घरलाई हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । 

माया घरमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रेष्ठ, विद्यार्थी प्रतिनिधि र अभिभावक प्रतिनिधि देवराज कार्कीले सयुक्तरुपमा संस्थाका व्यवस्थापन समितिका सचिव बाबुराम सुवेदीलाई हस्तान्तरण गरेका थिए । सचिव सुवेदीले सहयोगी विद्यालय र विद्यार्थीहरुलाई बिशेष आभार प्रकट गरेका थिए । 

bishnu maya