धरान: धरानमा जारी तेस्रो अशोक बास्फोर स्मृति बास्केटवल प्रतियोगितामा इमोर्टल, ब्रर्दश, हराइजन, मिराकल, तरहरा र यलम्बर क्लब बिजयी भएको छ ।

डायनामिक युथ क्लवको आयोजनामा जारी प्रतियोगितामा सोमबार भएको खेलमा इमोर्टलले बिराटनगरलाई ८६-५०, ब्रर्दशले धनकुटालाई ७१-४३, होराइजनले बिर्तामोडलाई ७१-३४ अंकको अन्तरले हरायो ।  लिग कम नकाउटको आधारमा भइरहेको प्रतियोगितामा सोमबार नै मिराकलले चक्रपथ काठमाडौलाई ६०-५३, तरहराले इटहरीलाई ६७-२१ र यलम्बरले रेड डेभिल्सलाइ ८२-२६ अंकको अन्तरले पराजित गरेको छ । 

खेलमा इमोर्ट्लका निकेश मगरले ३१, धनकुटाका कैलाश लिम्बुले २२, होराइजनका अमृत राइले २९, साहिल तामाङले १८, तरहराका सन्दिप श्रेष्ठले २२ र यलम्बरका दिवस राइले ब्यक्तिगत २५ अंक जोडेका थिए । प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा भइरहेको छ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाण्डौ गरि १२ टिमले सहभागिता जनाएको छ ।