धरान: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले किरात समुदायको पर्व उधौलीको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना वक्तव्यमार्फत यस पर्वले आफन्त, इष्टमित्र र समाजका नागरिकहरुमा भेटघाट, मेलमिलाप र घनिष्ठताको अवसर प्रदान गर्ने पनि उल्लेख गरेका छन् । ‘यसबाट पारिवारिक, सामाजिक र सामुदायिक एकतामा वल पुग्छ,’ वक्तव्यमा भनिएको छ,‘यस्ता चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, सहयोग र समन्वयलाई वृद्धि गरेर एकताको भावधारालाई सुदृढ गर्ने कुरामा म विश्वस्त छुँ ।’

मुख्यमन्त्री कार्कीले यो पर्वका अवसरमा किरातीहरु ढोलझ्याम्टा बजाएर साकेला नाच्ने र नेपालको सँस्कृतिक, परम्परामा साकेला नृत्य गौरवपुर्ण पहिचानकारुपमा स्थापित भएको पनि उल्लेख गरेका छन् ।

udhaule