धरान : धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

मेयर साम्पाङले आज रास्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को तस्विर हटाएका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् । मेयर साम्पाङको कार्यकक्षबाट रास्ट्रपति र प्रधानमन्त्री हटाएर यलम्बरको मात्रै तस्बिर राखीएको भिडियो सार्वजनिक भएको छ । 

 मेयर साम्पाङले हिजो राती सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राख्ने बताएका थिए ।  केन्द्रले जुन दिन धरानलाई महत्त्व दिन्छ, उक्त दिन मात्रै पुन: रास्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने पनि मेयर साम्पाङले उल्लेख गरेका थिए ।