धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल शुरु भएको छ । 

होटल एशोसिएशन भेडेटारको आयोजनामा आइतबार प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेतीले फेस्टिवलको उद्घाटन गरेका थिए । तीन दिने चल्ने फेस्टिवलमा बिशेष आकर्षण विभिन्न जातजातिहरुको मौलिक सँस्कृति, साँस्कृतिक परिकार रहेको छ । हरेक साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक एवं सास्ँकृतिक प्रस्तुती पनि रहनेछ ।

यस्तै, साँगुरीगढी गाउँपालिकामा कृषकहरुको स्थानीय कृषि उत्पादनको पनि बिशेष प्रर्दशनी रहेको छ । उक्त कृषि प्रर्दशनीको पनि मन्त्री उप्रेतीले अलग्गै उद्घाटन गरेका थिए । गाउँपालिकाको सहयोगमा भएको मेलामा उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने पनि गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । किसानहरुको उत्पादन प्रवद्र्धन गर्न र नोक्सानी हुन नदिन गाउँपालिकाले कोसेली घर पनि सञ्चालन गर्न लागेको उनले बताए । 

vedetar

उद्घाटन समारोहमा राई, लिम्बु, मगर, याम्फु जातिको मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि एवं प्रदेशका मन्त्री उप्रेतीले पर्यटन विकासमा सरकारले प्राथमिकता दिएको बताए । समारोहलाई धरानका मेयर हर्क साम्पाङ, साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दाली, होटल व्यवसायी महासंघका रविन गौतमलगायत अतिथिहरुले पनि सम्बोधन गरेका थिए । 

आयोजक एशोसिएशनका अध्यक्ष तुमराज लिम्बुले फेस्टिवल अवधिमा २० देखि ३० हजार पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको बताए । भेडेटारमा २०६८ सालदेखि फुड फेस्टिवल आयोजना गर्न थालिएको हो । शुरुवाती समयमा भारतीय पर्यटकहरु नगन्य संख्यामा आउने गरेको तर हिजोआज फेस्टिवलको बेला भेडेटारमा भारतीय पर्यटकहरुको उल्लेख्य आगमन हुन थालेको व्यवसायीहरुको भनार्य छ । 

vedetar1

तीन दिने फेस्टिवल अवधिमा पर्यटकहरुलाई प्याकेजमा आसपासका पर्यटकीय गन्तव्यहरुमा घुमाउन सकिने पनि आयोजकको भनाई छ । भेडेटार तथा आसपासको क्षेत्रमा शैलुङ डाँडा, पाथीभारा देवीको मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, थुम्कीस्थित आत्माघर, नमस्ते झरना, ओख्रे भ्यु टावर, ध्वजे डाँडा, जिपलाइनलगायत आकर्षण तथा गतिविधिहरुमा घुमाउन सकिनेछ । 

भिडियो:

भिडियो:

भिडियो: