धरान: नेपाल फोटो पत्रकार महासंघ सुनसरी जिल्लाको आयोजनमा २ दिने आधारभुत फोटो पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको छ । 

धरान ४ भेडेटारस्थित होटल बेसक्याम्पमा आयोजित तालिममा १५ जना प्रशिक्षार्थीहरु सहभागी भएको महासंघका जिल्ला अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए । तालिमको उद्घाटन बुधबार साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा स्वतन्त्रताको उपभोग बढी भएको महशुस हुने गरि सामाजिक सञ्जालमा फोटो, भिडियो पोष्ट हुन थालेको बताएका थिए । यसतर्फ व्यवसायिक पत्रकारिता गरिरहेकाहरुले गम्भीरतापुर्वक लिनुपर्ने उनको भनाई थियो । पत्रकारहरुले आचारसंहितामा रहेर यथार्थ कुरालाई उजागर गर्न पनि उनले आग्रह गरेका थिए ।

photo1 1

आयोजक संस्थाका अध्यक्ष राईले फोटोग्राफी र फोटो पत्रकारिताको भिन्नता बुझाउन साथै पत्रकारिताको आचारसंहिताबारे पनि ज्ञान दिलाउन तालिम आयोजना गरिएको बताए । उनका अनुसार गएको तिहारमा देउसी खेलेर संकलित रकमले तालिम आयोजना गरिएको हो ।

प्रशिक्षार्थीहरुलाई महासंघका प्रदेश अध्यक्ष एवं मुख्य प्रशिक्षक वेदराज पौडेलले आधारभुत फोटो पत्रकारिताबारे तालिम दिएका थिए भने नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले आचारसंहिताबारे तालिम दिएका थिए । यस्तै, अग्रज पत्रकार महेश श्रेष्ठले प्रशिक्षार्थीहरुसँग आफ्ना अनुभव बाँडेका थिए ।

भिडियोः