धरान: नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको नवौं अधिवेशनले सपन योञ्जनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न भएको अधिवेशनमा अध्यक्ष पदमा चुनाव भएको थियो भने अन्य पदमा सर्वसम्मत चयन भएका थिए । अध्यक्ष पदमा सपन तामाङ, लोकबहादुर तामाङ र प्रेम वाइबाले उम्मेदवारी दिएका थिए । तीन उम्मेद्वारमध्ये सपन तामाङले अत्यधिक मत ४३ ल्याएर विजयी भएका थिए भने लोकबहादुर तामाङले ९ र प्रेम वाइबाले १७ मत पाएका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा सम्फर तामाङ, महिला उपाध्यक्षमा तारा मोक्तान, सचिवमा ललित जिम्बा, सहसचिवमा विजय तामाङ, कोषाध्यक्षमा गंगा तामाङ सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा रामलाल तामाङ, राजेश पाख्रिन, सिताराम तामाङ, देवीवल पाख्रिन, कालीबहादुर तामाङ, अनिल वाइबा, माया गोले र मिना तामाङ पनि सर्वसम्मत चयन भएका छन् ।