धरानः धरान उपमहानगरपालिकाले गुट्खा, खैनी, चुरोट, पानपराग जस्ता सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ।

गएको पुष २९ गतेको कार्यपालिका बैठकले सुर्तिजन्य पदार्थ भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने शुक्रबार उपमहानगरपालिकाले सुचना जारी गर्दै आमसर्वसाधारणलाई जानकारी दिएको छ । उक्त सुचना अनुसार सुचना प्रकाशित भएको मितिले १५ दिनपछि धरान नगर क्षेत्रका सार्वजनिक स्थानहरुमा पुर्णरुपमा सुर्तिजन्य वस्तु भण्डारण, किनबेच र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । मेयर साम्पाङले जारी गरेको सुचनामा उक्त सुचना अवज्ञा गरेको पाइएमा नगर प्रहरीमार्फत जफत गरेर कानुन वमोजिम जरिवना गरिने पनि उल्लेख छ । 

mayor-upamayor

सुर्तिजन्य पदार्थको बिक्रीवितरण र उपयोगबाट जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएको सुर्तिजन्य पदार्थको कारण पर्यावरण प्रदुषित हुने, फोहोरमैल बढेर सहरको सुन्दरतामा प्रतिकुल प्रभाव पर्ने भन्दै उपमहानगरले रोक लगाएको हो । 

उपमहानगरका अनुसार नगर क्षेत्रका सार्वजनिकस्थलहरु पाटी पौवा, बाटो घाटो, पुस्तकालय, सार्वजनिक सौचालय, व्ययमशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थलगायतमा चुरोट, बिडी, तमाखु, सुल्फा, प्लाष्टिकमा प्यक गरिएका कच्चा सुर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सुर्तिजन्य वस्तु भण्डारण, बिक्री र प्रयोगमा रोक लगाएइएको हो । 

dharan notice