धरान: धरान नगर क्षेत्रभित्र सञ्चालनमा रहेको टेम्पो र सिटी सफारीको भाडा दरमा एकरुपता ल्याउदै निर्धारण गरिएको छ । 

उपमहानगरपालिकामा बुधबार टेम्पो र सफारीको विभिन्न संघ तथा चालकहरुसँग छलफल गरेर भाडा दर निर्धारण गरिएको हो । छलफलमा मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुभास केसी, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा सहभागी थिए । केही दिनअघि उपमहानगरले टेम्पो तथा सफारीका संघहरुलाई आपसी छलफल गरेर नगर भित्रको भाडा दर प्रस्ताव पेश गर्न समय दिइएको थियो । सम्बन्धित संघहरुले गरेको प्रस्तावमा बुधबार वृहत छलफल पश्चात भाडा दर निर्धारण गरिएको हो । 

भिडियो:

बैठकले निर्धारण गरेको भाडा दरभन्दा बढी लिएमा कानुनी कारबाही गर्ने पनि निर्णय गरिएको छ । यस्तै, ५ बर्ष उमेर पुगिसकेका बालबालिकाहरुलाई पनि पुरा भाडा लिने निर्णय पनि बैठकले गरेको छ । मेयर साम्पाङले धरानलाई सुव्यवस्थित बनाउन, भाडामा एकरुपता ल्याउन र यात्रुहरुलाई सहजताको लागि निर्णय गरिएकोले कार्यान्वयनमा पनि साथ दिन आग्रह गरे । साथै उनले निर्धारण गरिएको भाडा दर यात्रुले देख्ने गरि टेम्पो र सफारीमा राख्न पनि मेयर साम्पाङले आग्रह गरेका थिए । 

यस्तो छ निर्धारण गरिएको भाड दर:

IMG-20240201-WA0000

IMG-20240201-WA0001

IMG-20240201-WA0002IMG-20240201-WA0003 1