धरान: १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिस्पर्धा गराइने भएको छ ।
स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वास्थ्य रहनु पर्छ भन्ने सन्देश प्रवाह गर्नलाई जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिस्पर्धा गर्न लागिएको आयोजक धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिए। उनका अनुसार एकै समुहमा रनमा सहभागी भए पनि जनप्रतिनिधिहरुको छुट्टै नतिजा निकालिनेछ। जुन वडाका जनप्रतिनिधि विजेता हुन्छन्, उक्त वडालाई १२ औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषणा गरिने संस्थापक अध्यक्ष राईले बताए। विजेता वडालाई विशेष ट्रफीको व्यवस्थासंगै विजेता खेलाडीलाई विशेष पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई छ ।
धरानमा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य गरि कुल एक सय २ जना जनप्रतिनिधिहरु छन् । मेयर, उपमेयर र वडाध्यक्षलाई निःशुल्क फर्म उपलव्ध गराइनेछ भने वडा सदस्यहरुले फर्म भर्ना शुल्क भर्नुपर्नेछ । फर्म भरेवापत सम्पुर्ण सहभागीहरुलाई टिसर्ट, टाइम चिफ, मेडल, प्रमाणपत्र, पानी र जुस आयोजकले उपलव्ध गराउने छ ।
“स्वच्छ धरान, स्वस्थ्य धरान” नाराका साथ धरान रन समुह २०६७ सालमा स्थापना भएको थियो । आधिकारिक रुपमा भने २०६८ सालमा दर्ता भएर नेवा च्यारिट रन प्रतियोगिताको सुरुवात गरेको थियो । धरान रनले हरेक शनिबार यलम्वर पार्कमा ३ कि.मि. रन गराउदै आइरहेको छ ।
धरान रनको आयोजनामा फागुन १२ गते सम्पन्न हुन लागेको १२ औं नेवा च्यारिटि १० के रनमा चार हजार जनाले सहभागिता जनाउने आयोजक धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिए । रनमा राष्ट्रिय अन्तराष्ट्रिय धावक धाविकाहरुले सहभागिता जनाउने छन्। दौड प्रतिश्पर्धामा खुला तर्फका महिला पुरुष विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरि, १२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका महिला पुरुष विजेताले जनाहि नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ६० वर्ष माथिका सुपर भेट्रानका विजेता महिला पुरुषले जनाहि नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गत साल ३ हजार ५ जना धावकधाविकाहरुले सहभागिता जनाएका थिए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



