धरान: दोस्रो मिराकल थ्री वाइ थ्रीे बास्केटवल च्याम्पियनसिपको उपाधि ब्रर्दश क्लव ए टिमले जितेको छ ।

मिराकल बास्केटवल क्लवको आयोजनामा शनिवार सम्पन्न प्रतियोगिताको पहिलो र दोस्रो दुवै उपाधि ब्रर्दश ए बि टिमले जितेको हो । ब्रदर्श ए टिमले बि टिमलाई फाइनलमा १५–११ अंकले पराजित गरेको थियो । विजेता ब्रर्दश ए टिमले उपाधिसंगै नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बि टिमले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपि उपाधि ब्रर्दश ए टिमका सर्वोधन राई घोषित भए । उनले एक थान बास्केटवल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट खेलाडिका लागि पुरस्कार सुनसरी बास्केटवल संघले बास्केटवल उपलव्ध गराएको हो । विजेता तथा उपविजेता खेलाडिहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, मिराकल बास्केटवल क्लव अध्यक्ष योकराईले पुरस्कार वितरण गरेका थिए ।

     धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा आयोजित प्रतियोगितामा धरान, विर्तामोड र तरहरा गरि २२ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा भएको थियो ।