धरान: धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा जारी वृहत सोनाम ल्होछार साँस्कृतिक पर्यटन महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।

नेपाल तामाङ घेदुङ धरानको आयोजनामा भइरहेको महोत्सवमा प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती भइरहेको छ । महोत्सवमा आज साँझ चर्चित गायिका ज्योति मगरको प्रस्तुती हुने अध्यक्ष सपन तामाङले जानकारी दिएका छन् ।

यसैगरि, महोत्सवमा भोली शुक्रबार चर्चित गायक सविन राई एण्ड द फराह ब्याण्डको प्रस्तुती हुनेछ भने पर्सि शनिबार साँझ चर्चित गायिका तृष्णा गुरुङको पनि प्रस्तुती हुनेछ । तामाङ जातिको पर्व सोनाम ल्होछार २८६० को अवसरमा माघ २७ गतेदेखि महोत्सव आयोजना भइरहेको छ ।