धरान: धरान नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता ( २०८० को फाइनल फागुन‌‌ २४ गते बिहिबार हुने भएको छ ।‍‍‌

कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले धरान भरि‌रहेका‌ विभिन्न विद्यालयलाई समावेश गराउदै सुनसरी उद्योग वाणिज्य संघले यो प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको तीन लिनसम्म चलेको अडिसन‌ राउन्डमा ४५ जना सहभागी भएको आयोजकले जनाएको छ । 

अडिसन‌ राउन्डबाट २२ जनालाइ सेमिफाइनल राउन्डमा छनौट गरिएको थियो । सेमिफाइनल राउन्डमा ६ वटा सामुहिक नृत्य सहभागी भएका थिए। सामुहिक र एकल नृत्य गराउदै फाइनलका लागि २ सामुहिक‌‌ र ११ जना एकल तर्फ छनौट गरिएको थियो । 

एकल नृत्य तर्फ लिवर्टि‌ आवासिय‌ विद्यालय, आइडियल इ। बो स्कुल , एप्पल मन्टेश्वरी , निकेतन मा।वि , होलिगार्डेन एकेडेमि , धरान उच्च , पब्लिक मा।वि फुस्रे , पब्लिक हाइ स्कुल फाइनलमा‌‌ प्रतिस्पर्धा गर्नेछन् । सामुहिक तर्फ धरान आदर्श र लिवर्टि आवसिय विद्यालय प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा पुरस्कार क्रमशः ५० हजार , २५ हजार र‌ १० हजार ट्रफी, प्रमाण पत्र प्रदान गरिने  छ । उत्कृष्ट कोरियोग्राफरलाइ १० हजार सहित सम्मान गर्ने आयोजकको भनाई छ । उद्योग वाणिज्य संघको आयोजनामा भएको धरान एक्सपो(२०८० फागुन ११ गते देखि २३ गतेसम्म‌ विधिवत् कार्यक्रम सञ्चालन भइरहेको छ । एक्सपो २३ गते समापन भएपछि २४ गते लोक नृत्य प्रतियोगिताको २०८० को र गायक गंगा वरदानको सहयोगार्थ कन्सर्ट हुनेछ ।