धरान: धरान एक्स्पोको १२ औं दिन हिजो (मंगलबार) राती मन्त्र ब्याण्डको प्रस्तुती थियो । यो ब्याण्ड मेची पारिको भारतीय भुमी दार्जिलिङको भएपनि नेपालमा उतिकै फ्यान छन् । बिशेष गरि युवा पुस्ता माझमा मन्त्र ब्याण्ड लोकप्रिय छ ।

गीत, संगीतको भाषा र सिमाना हुदैन भनिन्छ । देश फरक भएपनि मन्त्र ब्याण्ड त नेपाली भाषामा नै गीत गाउँछ । कुनै समय नेपालकै भुमी रहेको दार्जिलिङसँगको सम्बन्ध हरेक किसिमले गहिरो छ । नेपाली भाषा, साहित्य र कलाको विकासमा दार्जिलिङका श्रष्टाहरुको अतुलनीय योगदान छ । त्यसैले पनि मन्त्र ब्याण्डप्रति अघिल्लो युवा पुस्ता र अहिलेका नयाँ पुस्ताहरुको आकर्षण यथावत छ । 

भिडियो :

मंगलबार राती मन्त्र ब्याण्ड आउने खबरले एक्स्पोको रौनक बढेको थियो । दिउँसै मन्त्र ब्याण्ड उपमहानगरपालिका पुगेर मेयर हर्क साम्पाङलाई प्रस्तुती हेर्न आउन निमन्त्रणा गर्न पुगेको खबर फैलिसकेको थियो । निम्तो स्वीकार गर्दै मेयर साम्पाङ राती एक्स्पो पुगेका थिए । पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी पनि मन्त्रको प्रस्तुती हेर्न एक्स्पो पुगेकी थिइन् । 

मन्त्र ब्याण्डले वीर गोर्खाली.., गौथली..लगायतका आफ्ना चर्चित गीतहरु गाएर धराने फ्यानहरुलाई भरपुर मनोरञ्जन दिलाए । मेयर साम्पाङले पनि म्युजिक विना नै मेरो देश... बोलको गीत गाएका थिए । 

mantra

mantra3

mantra2

mantra4

mantra8

mantra14

mantra12

mantra11