धरान: पाँचौं मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानको भिजन फिटनेसका विनोदकुमार नेपालीले जितेका छन् ।

आज शनिबार धरान १३ अमरहाटस्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै विनोदले उपाधि जितेका हुन् । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै उपाधिको लागि ओभरअल राउण्डमा भिडेका थिए । विजेता नेपालीले पुरस्कार स्वरुप नगद १ लाख १५ हजार, ट्रफी र मेडल हात पारेका छन् । 

5th mr koshi

यस्तै, प्रतियोगितामा ६० केजी तौल समुहका धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान दोस्रो भए । उनले नगद ५० हजार पुरस्कार हात पारेका छन् । न्युट्री हब फिटनेसका प्रदिप महतो (७० केजी) तेस्रो हुदै नगद ४० हजार हात पारे भने ७५ केजी तौल समुहबाट भिडेका एनिटाइम फिटनेसका उमेश राई चौथो भए । उनले नगद ३० हजार हात पारे । झुनाज फिटनेस धरानका उत्सव लिम्बु पाँचौं हुदै नगद २० हजार थापे । उनी ५५ केजी तौल समुहबाट स्पर्धा गरेका थिए ।

भिडियो:
   

यस्तै, प्रतियोगितामा मोस्ट मस्कुलरको पुरस्कार फ्लेक्स फिटनेस केराबारीका डेबिट राईले पाए भने बेष्ट पोजरको पुरस्कार धरान फिटनेसका लक्ष्मी मोक्तानले पाए । बेष्ट इम्प्रुभमेन्टको पुरस्कार भिजन फिटनेसका विनोद कुमार नेपालीले जिते । वेष्ट टिमको पुरस्कार भिजन फिटनेसले पाएको छ । 

विजेता खेलाडीहरुलाई आयोजक एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बु, प्रमुख अतिथि एवं कोशी प्रदेशसभाका सांसद विजय राई, वडा नं १ का अध्यक्ष यज्ञमणी आचार्य, वडा ८ का अध्यक्ष धनबहादुर राई, वडा १० का अध्यक्ष विवेक राई, नेपाल प्रहरीका एसपी भिम दाहाललगायतले पुरस्कार वितरण गरेका थिए । 

mr koshi 2nd

mr koshi 3rd

mr koshi 4th place

mr koshi 5th place

mr koshi all