धरान: ईलाम क्षेत्र न २ को उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेद्वारी दिएका एमालेका सुहाङ  नेम्बाङलाई जिताउन धरानमा अभियान सुरु भएको छ ।

नेकपा एमाले धरान नगर कमिटी, नेकपा माओवादी केन्द्र धरान नगर कमिटी र सुनसरी-इलाम सम्पर्क मन्चको सयुक्त आयोजनामा सुहाङलाई जिताउन अभियान शुरु भएको हो । अभियानबारे आज (मंगलबार) धरानमा आयोजित छलफल एवं पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेश सांसद यशोदा कायस्थले सुहाङलाई जिताउन सबै लाग्नु पर्ने बताइन् । एमाले कोशी प्रदेश सदस्य कृष्ण शाहले सुहाङ अन्य उमेद्ववारको तुलनामा योग्य रहेकोले ईलामबासी मतदाताले जिताउने दाबी गरे ।

suhang

दिबङगत नेता सुबास नेम्बाङले ईलामको समृद्धिको लागि देखेको अधुरा सपना पुरा गराउन सुहाङको जित अपरिहार्य रहेको उनले बताए । एमाले धरान नगर अध्यक्ष हर्कजङ एभेङले एमालेका दिवङगत नेता सुबास नेम्बाङको सम्मानको लागि पनि सुहाङलाई चुनावमा जिताउनु पर्ने बताए । उनले सुहाङ जिताउ अभियानमा धरानमा बसोबास गर्ने सम्पूर्ण ईलामेलीहरु लाग्नु पर्ने बताउदै पार्टीको तर्गबाट पनि अभियान सन्चालन गर्ने बताए ।                      

कार्यक्रमा पार्टीका नेता तथा धरानलाई कर्मथलो बनाएका ईलामेलीहरुको सहभागिता रहेको थियो । एमाले धरान नगर उपसचिब तथा युवा नेता दिवश राईको समयोजकत्वमा ५ सदस्य चुनाव प्रचार प्रसार परिचालन सहयोग समिति गठन गरेको र उक्त समिति अहिले ईलामको निर्वाचन क्षेत्रमा परिचालन भइसकेको पनि अध्यक्ष एभेङले जानकारी दिए ।