धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा झापाको दमक लखनपुर भेट्रान क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

धरान १६ स्थित रंगशालमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा झापाकै काकडभिट्टा भेट्रान क्लबलाई १ ० को झिनो गोलअन्तरले हराउदै दमक लखनपुर सेमीफाइनल प्रवेश गरेको हो । खेलको ३८ औं मिनेटमा दमक लखनपुरका सुवास आङथुपोले एक मात्र निर्णायक गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच पनि उनी नै भएका थिए ।

प्रतियोगितामा बुधबार दुई वटा सेमीफाइनल खेल हुने आयोजक धरान भेट्रान फुटबल क्लबले जानकारी दिएको छ । पहिलो सेमीफाइनल खेल हाम्रो धरान भेट्रान र दमक लखनपुर भेट्रानबीच हुनेछ भने दोस्रो सेमीफाइनल धरान भेट्रान क्लब र रारा भेट्रान क्लब राजारानी धनकुटाबीच खेल हुनेछ ।