धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको उपाधी हाम्रो धरान भेट्रान क्लबले जितेको छ ।

शुक्रबार धरान १६ स्थित रंगशालमा सम्पन्न फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५(३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रानले पहिलो पटक उपाधी जितेको हो । उपाधीसंगै हाम्रो धरान भेट्रानले नगद एक लाख ५ हजार रुपया र ट्रफी हात पारेको छ । 

दोस्रो पटक उपाधी उचाल्ने दाउमा रहेको आयोजक उपबिजेतामा सिमित बन्यो । उपबिजेता बनेको आयोजक धरान भेट्रानले नगद ६० हजार रुपैयासहित ट्रफी प्राप्त गर्‍यो । निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेलको छिनोफानो ट्राईब्रेकरबाट लिइएको थियो । 

ट्राईब्रेकरमा हाम्रो धरान भेट्रानको तर्फबाट पदम राई, कृष्ण कुमार लिम्बु, राकेश राई, सुरज श्रेष्ठ र राज राई गरी पाँच जना खेलाडीले गोल गर्न सफल भए । आयोजक धरान भेट्रानको तर्फबाट भने बिक्रम श्रेष्ठ, कृष्ण शाक्य र बिष्णु सुनुवारले गोल गर्दा सन्तोष बस्नेतको प्रहार बाहिरिएको थियो । बस्नेतको प्रहार बाहिरिएसंगै आयोजकका एक खेलाडीले पेनाल्टी प्रहार गर्नुअघि नै हाम्रो धरान भेट्रानले  ५(३ गोल अन्तरले उपाधि जित्यो । 

बिधागत पुरस्कारतर्फ खेलको उत्कृष्ट खेलाडी धरान भेट्रानका बिष्णु सुनुवार घोषित हुँदै नगद ५ हजार एक सयसहित ट्रफी हात पारे । यस्तै, बेस्ट गोलकिपर हाम्रो धरान भेट्रानका देव सिंह, बेस्ट डिफेन्स हाम्रो धरान भेट्रानका बिकास रानामगर, बेस्ट मिडफिल्डर धरान भेट्रानका रमेश गुरुङ र बेस्ट कोच हाम्रो धरान भेट्रानका हेम गुरुङ घोषित भए । उनीहरुले जनही नगद ३ हजार ५ सयसहित ट्रफी पाए।

यस्तै, सर्बाधिक गोलकर्ता धरान भेट्रानका डिल्ली राम श्रेष्ठ घोसित भए । उनले खेल अवधिभर ५ गोल गरेका थिए । उनले पनि नगद ३ हजार ५ सयसहित ट्रफी हात पारे । फाइनल खेलको म्यानअफ दि म्याच धरान भेट्रानका कृष्ण शाक्य घोषित हुँदै नगद दुई हजार एक सयसहित ट्रफी पाए । कार्यक्रममा बिजेता तथा उपबिजेता टोलीलाई प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य बिजय राई, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतले पुरस्कार बितरण गरेका थिए । 

यस्तै, सोही कार्यक्रममा स्वर्गी बिक्रम राई स्‍मृति पत्रकारिता पुरस्कारबाट सन्चारकर्मी भरत राज शर्मालाई नगद ५ हजार एकसय र प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । धरान भेट्रान क्ल्बको आयोजना गत चैत्र २३ गतेदेखी सुरु भएको प्रतियोगितामा आयोजक सहित १२ टिमको सहभागिता रहेको थियो । दिबगत बिक्रम राई धरान भेट्रान क्लबका संस्थापक महासचिव र पुर्व खेलाडी हुन् भने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका सहोदर भाई हुन् ।

भिडियो: