धरानः क्याम्व्रीज ईन्स्टिच्युट अफ टेक्नोलोजी धरानसंगै रहेको प्राइम एजुकेशन धरान प्रालिको आयोजनामा एसइई दिएर बसेका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

धरान-१ छाता चोकस्थित आफ्नै सभाहलमा बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण गराइएको हो । कार्यक्रममा ५० जना बिद्यार्थीहरु सहभागी रहेको ईन्स्टिच्युटका शाखा प्रमुख लक्ष्मण दाहालले जानकारी दिए । उनका अनुसार बिद्यार्थीहरुलाई पिसिएल नर्सिङ, साइन्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी अभिमुखिकरण गराइएको थियो । 

कार्यक्रममा कान्तिपुर हस्पिटल काठमाङौँमा कार्यरत डा. आशिष ढुंगाना र ईन्स्टिच्युट शाखा प्रमुख दाहालले सहजीकरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा ढुङ्गानाले नर्सिङ बिषयको महत्व र भविष्यका बारेमा समेत बिद्यार्थीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा

केन्द्रीय प्रविधी क्याम्पस हात्तीसारका लेक्चरर महेश शाह र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका लेक्चरर प्रभाब भट्टराईको समेत उपस्थिती रहेको थियो । बिद्यार्थीहरुलाई के बिषय पढ्ने भन्ने अन्योलता नहोस् भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना ईन्स्टिच्युटका शाखा प्रमुख दाहालले बताए । पिसिएल नर्सिङ, साइन्स ब्रिज कोर्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी तयारीका कक्षाहरु आउदो बैशाख ९ गतेबाट संचालन हुने ईन्स्टिच्युटले जनाएको छ ।