धरान: धरानमा जारी तेस्रो स्वर्गीय सुवास राई स्मृति अन्तर वडास्तरीय सुपर ८ फुटबल प्रतियोगितामा वडा नं ५ ले विजयी भएको छ ।

धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा वडा नं ८ लाई ३–१ गोलअन्तरले हराउदै वडा ५ ले महत्वपुर्ण ३ अंक पाएको छ । समुह ए तर्फ एक जित हासिल गरेको वडा नं १३ को पनि ३ अंक छ । 

आइतबारको खेलमा मन्दिप राई, तिलबिक्रम लावती र मिजास लिम्बुले गोल गर्दै वडा नं ५ लाई जित दिलाए । वडा नं ८ का प्रजिन लिम्बुले गरेको गोल सान्त्वनामा सिमित भयो । उक्त खेलको म्यान अफ दि म्याच वडा ५ का मिजास लिम्बु घोषित भए ।

subas rai1

भोली (सोमबार)को खेल समुह बी अन्तर्गतको वडा १७ र वडा ६ बीच हुने आयोजक हाम्रो धरान भेट्रान क्लबले जानकारी दिएको छ । यस्तै, सोमबारदेखि नै सोही रंगशालामा हाम्रो धरान भेट्रान प्रतियोगिताको पनि शुरुवात हुनेछ । पहिला सुपर ८ को खेल हुनेछ भने दोस्रो खेल भेट्रान प्रतियोगिताको हुनेछ । भेट्रान प्रतियोगिताको उद्घाटन खेल मिल्स भेट्रान र दुहबी भेट्रानबीच हुने आयोजकले जनाएको छ ।