धरान: इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ विजयी भएका छन् । 

नेम्बाङले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै आफ्नो बुबाको विरासत पनि जोगाए । उनका बुबा तथा एमाले नेता सुवास नेम्बाङको गत बर्ष निधन भएपछि बैशाख १५ गते उपनिर्वाचन भएको थियो । सुहाङले २७ हजार ७७२ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा पनि स्वर्गीय सुवास नेम्बाङसँग खड्का नै पराजित भएका थिए ।

यसैगरि, पहिचान पक्षधरहरुको साझा तथा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएर तेस्रो स्थान भए । उनलाई पहिचानवादी राजनीतिक दल, संगठनहरुले साझा उम्मेद्वारकोरुपमा चुनावमा उठाएको थियो । साथै, धरानका मेयर हर्क साम्पाङले पनि समर्थन गरेर ४ वटा चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका थिए । 

ilam 2

आक्रमकरुपमा चुनावी प्रचारप्रसार गरेको भएपनि रास्वपा उम्मेद्वार मिलन लिम्बुले ५०५० मत मात्र पाएका छन् । उनले जमानत पनि जोगाउन सकेनन् । सदर मतमध्ये १० प्रतिशत मत प्राप्त गर्ने उम्मेद्वारको मात्र जमानत जोगिन्छ । सुहाङ नेम्बाङ, डम्बर खड्का र डकेन्द्र थेगिमबाहेक कसैले पनि जमानत जोगाउन सकेनन् । इलाम २ मा कुल ७९ हजार ३७४ मत गणना हुँदा ६८ हजार ४७२ मत सदर भएको थियो भने ९०२ मत बदर भएको थियो ।