धरान: क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरानले छाताचोकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुनस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ ।

ब्रीज कोर्स गरिरहेका  बिद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउने उद्देश्यले पुनस्थापन गृहलाई खाद्यान्न सहयोग गरेको ईन्स्टिच्युटले जनाएको छ ।  ईन्स्टिच्युटका सन्चालक लक्ष्मण दाहालले गृहका संचालक भिम राईलाई चामल, दाल, नुन, तेल हस्तान्तरण गरेका थिए । बिद्यार्थीहरुले गृहमा रहेकाहरुलाई फ्रुटी र फलफुल समेत बितरण गरेका थिए । 

प्राईममै ब्रीज कोर्स गरिरहेकी छात्रा कैयन भुजेलले आफू सहभागी भएर यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । एसईई दिएर प्राईम एजुकेसनमा ब्रीज कोर्स गरिरहेका बिद्यार्थीहरुलाई सामाजिक सेवामा लाग्न उत्प्रेरित गराउन सहयोग गरिएको दाहालले बताए।धरान १ छाताचोकमा रहेको ईन्स्टिच्युटमा पिसिएल नर्सिङ, साइन्स ब्रिज कोर्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी तयारीका कक्षाहरु बैशाख ९ गतेबाट संचालन भइरहेको ईन्स्टिच्युटले जनाएको छ ।