धरान: कोशी प्रदेशमा सरकार गठनको लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् ।

प्रदेश प्रमुखले २ दिनको समय दिएर सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेपछि आज एमाले नेता कार्कीले प्रदेशसभाको बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) वमोजिम सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका थिए । 

कार्कीले प्रदेशसभाका ५२ जना सदस्यहरुको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्री तथा सरकार गठनको दाबी पेश गरेका छन् । कार्कीलाई समर्थन गर्ने सांसदहरुको आजै सनाखत गर्ने तयारी पनि छ । एमाले नेताले दाबी पेश गरिरहदा मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा छन् । उनी पनि धारा १६८ (५) वमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

hikmat1

hikmat2

hikmat3

hikmat4