धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।

नेपालीको संविधान धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखको आह्वान बमोजिम आज बिहान कार्कीले एमाले र माओवादीका ५२ सान्सदहरुको समर्थनमा दाबी पेश गरेका थिए । उनको दावी लगत्तै समर्थन गर्ने सान्सदहरुको सनाखत गरिएको थियोे ।

सनाखत पछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त भएको घोषणा गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतको लागी ४७ मत चाहिन्छ । कार्कीको पक्षमा ५२ जना सान्सद छन् । मुख्यमन्त्रीबाट हटेपछि केदार कार्की सर्वोच्च अदालत गएका छन् ।