धरान: कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा उपाधिको लागि फाइनलमा आयोजक सुनसरी र इलामबीच भिडन्त हुने भएको छ ।

शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहजरुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्यो । खेलमा सुनसरीले धनकुटाविरुद्ध प्रत्येक क्वाटरमा १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेका थिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुशन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सिका मार्केटिङ म्यानेजर मनकुमार लिम्वुले ट्रफि प्रदान गरेका थिए । 

यस्तै, शनिबारै भएको दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकको अन्तरले परजित गर्दै फाइनलमा स्थापना बनायो । इलाम र भोजपुरले खेलको प्रत्येक क्वाटरमा १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडेका थिए। उत्कृष्ट प्रदर्शन गरेका इलाम बास्केटवल टिमका मनिस तामाङ घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले ट्रफि प्रदान गरेका थिए ।

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्लाका टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेताले नगद  २ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

उत्कृष्ट खेलाडि धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। असार ५ गते विहिवार देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतवार डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ।