धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लब स्तरीय फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा धरान १३ स्पोर्टिङ क्लबलाई ३–० को गोलअन्तरले पराजित गर्दै फेयर क्लब सेमीफाइनल प्रवेश गरेको हो । फेयरको जितमा करिम लिम्बुले एक पेनाल्टीसहित २ गोल गरिन् भने आशिका कार्कीले तेस्रो गोल गरेकी थिइन् । 

खेलमा पहिलो गोल करिमले ९ औं मिनेटमा पेनाल्टीमा गरेकी थिइन् । दोस्रो गोल पनि उनैले १२ औं मिनेटमा गरिन् । आशिकाले दोस्रो हाफको २२ औं मिनेटमा फेयरको लागि तेस्रो गोल गरिन् । 

खेलको म्यान अफ दि म्याच घोषित हुदै नम्रता राईले नगद २ हजार हात पारिन् । प्रतियोगितामा भोली (आइतबार) प्रगति फुतटबल क्लब, धरान १६ र धरान ४ फुटबल क्लबबीच हुने आयोजक धरान फुटबल सिटी क्लबले जानकारी दिएको छ ।