धरान: धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको पुरुषमा सितेरियो करातेका साहिल राई र महिलातर्फ पनि करातेकै बर्षा राई घोषित भएका छन् । 

धरान खेलकुद मञ्चले शनिबार धरान १५ स्थित धरान किचन होटलमा आयोजना गरेको कार्यक्रममा दुवैले उत्कृष्ट धरान बर्ष खेलाडी अवार्ड हात पारेका हुन् । उत्कृष्ट घोषित खेलाडीले जनही नगद ३० हजारसहित अवार्ड हात पारे । पुरुषतर्फ साहिलसँगै शारीरिक सुगठनका अवतार श्रेष्ठ र करातेकै निगम तिम्सिना पनि मनोनयनमा परेका थिए । महिलातर्फ भने बर्षासँगै करातेकी सलिना जोगी पनि मनोनयनमा परेकी थिइन् ।

sports award1 copy

यस्तै, उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड हात पारेका छन् । उनले नगद २० हजारसहित अवार्ड थापे । यो अवार्डको लागि उनीसँगै साइक्लिङका श्याम तामाङ र टेवलटेनिसकी प्रशिक्षक गीता थापा पनि मनोनयनमा परेकी थिइन् । यसैगरि, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित भइन् । उनले नगद १५ हजारसँगै ट्रफी हात पारिन् ।

मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयरको पुरस्कार फुटवल खेलाडी धरान १७ का मनोज राईले पाए भने फरक क्षमता भएका खेलाडी विवेक राईले स्वर्गीय विक्रम राई स्मृति बिशेष प्रतिभा पुरस्कार पाए । उनले पारा ओलम्पिकका पदक जितेका थिए । दुवैलाई जनही १५ हजार प्रदान गरिएको आयोजकले जनाएको छ।  

sports award2 copy

यस्तै, लिजेन्ड अफ दि इयर २०८२ को सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य (मुकेश) लाई दिइएको छ । उनलाई पनि नगद १५ हजारसहित सम्मान गरिएको थियो । उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो । 

भिडियो:

अवार्ड जितेका खेलाडी, प्रशिक्षक एवं सम्मान तथा पुरस्कार पाएका खेलाडी, पत्रकारहरुलाई आयोजक संस्थाका अध्यक्ष किशोर राई, प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सांसद विजयकुमार राई, प्रदेश सांसद रमेश बस्नेत, वडा न. १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा ८ का अध्यक्ष धनबहादुर राई, एन्फा सुनसरी अध्यक्ष नविन राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतले अवार्ड तथा पुरस्कार प्रदान गरेका थिए ।

sports award3 copy

sports award5 copy

sports award4 copy

sports award6 copy

sports award7 copy

award3 copy

award4 copy

award2 copy

award5 copy

award1 copy