धरान: मिसेस धरान आइकोन सिजन (२ एण्ड मिस धरान सुपर आइकोन सिजन (१ को पहिलो अडिसन सम्पन्न भएको छ।
शनिबार धरान ८ साम्पङ चोकस्थित दि धरान क्याफे एण्ड रेस्ट्रोमा पहिलो अडिसन सम्पन्न भएको थियो । अडिसनमा जम्मा २७ जनाको सहभागी रहेको आयोजकले जानकारी दिएको छ । अडिसनमा सहभागीहरुले नृत्य, गानासहत आफ्ना कला, प्रतिभा प्रस्तुत गरेका थिए।
अडिसनको क्रममा सहभागी प्रतियोगीहरुलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो । यस समयमा उनीहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।
अडिसन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं धरान वडा नं ८ का अध्यक्ष धनबहादुर राईबाट भएको थियो । एल एन सि मोडेल एजेन्सी प्रालिका सिईओ दिपक गिरीले सहभागीहरुलाई धन्यवाद दिदै साउन २४ गते शनिबार पनि दोस्रो अडिसन हुने जानकारी दिए ।
कार्यक्रम मिस एसइइ धरान २०२५ की फोटोजेनिक विजेता पुजा लिम्बुले संचालन गरेकी थिइन् । निर्णायकमा सामाजिक अभियान्ता मुना राई, महिला सञ्जला धरानकी पुर्वअध्यक्ष शिला बज्रचार्य, मिसेस स्टेट २०२५ प्रथम रनरअप ममता शाह, ट्रेजरल रोजी ताम्राकार र भागिमाया लिम्बु रहेका थिए ।