धरान: धरान १२ स्थित एम्स एकेडेमीका विद्यार्थी जेनिसा निरौला राष्ट्रिय परीक्षा बोर्डद्धारा लिएको २०८१ को कक्षा १२ को परीक्षामा बोर्ड सेकेण्ड र सुनसरी प्रथम भएकी छिन् । 

उनले ३.९५ जिपिए ल्याएर देशभरमा दोस्रो र सुनसरी जिल्लामा प्रथम भएर उतीर्ण भएको एम्सले जनाएको छ । एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरि निरौलासहित कक्षा १२ को परीक्षामा उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । 

कार्यक्रममा बोर्ड सेकेण्ड र सुनसरी प्रथम भएकी जेनिसा निरौलाको सम्मानपत्र उनकी आमा मनमाया काफ्लेले ग्रहण गरेकी थिइन् । जेनिसा एमबिबिएसको तयारीको लागि काठमाण्डौंमा भएकोले सम्मान कार्यक्रममा आउन नसकेको आमा मनमायाले बताइन् । 

aims5 copy

यस्तै, ३.८४ जिपिए ल्याएर उतीर्ण राज साह, ३.७३ जिपिए ल्याएर उतीर्ण सकुन राई, ३.७० जिपिए ल्याएर उतीर्ण कृतिका पौडेल र ३.६७ जिपिए ल्याएर उतीर्ण सोनम दाहाललाई पनि सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । उनीहरुलाई एकेडेमीका अध्यक्ष प्रकाश राई, प्रशासन प्रमुख नविन राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतले खादा तथा सम्मान पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा कक्षा १२ मा उतीर्ण भएका अन्य सबै विद्यार्थीहरुलाई टिका र खादाद्धारा सम्मान गरिएको थियो ।

aims4 copy

मन्तव्यका क्रममा विद्यार्थी सोनम दाहालले एम्समा सैद्धान्तिक मात्र नभएर व्यवहारिकरुपमा पनि सिकाउने, फिल्ड भिजिट गराउने भएकोले विद्यार्थीहरुलाई धेरै फाइदा हुने बताए । प्रशासन प्रमुख नविन राईले विद्यार्थीहरुको उपलब्धीलाई समाजमा प्रवाह गर्दा अन्य विद्यार्थीहरुलाई पनि उत्प्रेरणा मिल्ने भएकोले बधाई तथा सम्मान कार्यक्रम राखिएको बताए । गत बर्ष पनि प्रतिक बस्नेतले परीक्षामा धरान टप नतिजा निकालेको भन्दै उनले उतीर्ण सबै विद्यार्थीहरुलाई उच्च शिक्षाको शुभकामना पनि दिए ।

aims3 copy

एकेडेमीका अध्यक्ष प्रकाश राईले विद्यार्थीहरुको मेहनत, शिक्षकहरुको समर्पण र अभिभावकहरुको निरन्तरको चासो, चिन्ताको परिणाम परीक्षाको नतिजामा देखिएको बताए । उनले विद्यार्थीहरुकै लागि विद्यालयको शैक्षिक, भौतिक विकास र गुणस्तरमा व्यवस्थापन पनि लागिरहेको बताए । 

एकेडेमीका अनुसार कुल १३९ जना कक्षा १२ को परीक्षमा सहभागी भएका थिए । ती मध्ये ९ जनाले मात्र मौका परीक्षामा सहभागी हुनपर्ने र अन्य सबै उतीर्ण भएको प्राचार्य सन्तोष कोइरालाले बताए । ‘उत्कृष्ट पढाई गर्ने शैक्षिक संस्था धरानमा पनि छ, र धरान गुणस्तरीय पढाईको लागि शैक्षिक हब हो भन्ने फेरि एक पटक हामीले प्रमाणित गरेका छौ,’ उनले भने ।

aims2 copy

aims1 copy

aims copy