धरान: दशैंको बेला डेरा बसेको घरमा आगो लागेर बिचल्ली बनेका धरान वडा नंं. ८ का चार परिवारलाई होप धरानले राहत वितरण गरेको छ ।
धरान ८ स्थित सभागृहमा सोमबार एक कार्यक्रमबीच उक्त संस्थाले चार पीडित परिवारलाई राहत वितरण गरको हो । होप धरानका अध्यक्ष निश्चल पलिखेका अनुसार संस्थाका सदस्यहरुबाट आर्थिक सहयोग जुटाएर कुल २० हजार १५० रुपैयार बराबरको राहत वितरण गरिएको हो । सहयोग प्राप्त भएको रकमबाट पीडित परिवारलाई आवश्यक पर्ने सामान, खाद्यान्नलगायत खरिद गरेर प्रत्येक परिवारलाई नगद १ हजारको दरले पनि वितरण गरिएको अध्यक्ष पलिखेले जानकारी दिए ।
आगलागी पीडित विमला कार्की, सीता घिमिरे, बिरेन्द्र सुब्बा र भोगेन्द्र श्रेष्ठको परिावारलाई वडा ८ का अध्यक्ष धनबहादुर राईको हातबाट राहत विरतण गरिएको थियो । अध्यक्ष राईले दशैंको बेला आफ्नो वडामा आगलागीले चार परिवार विचल्ली हुँदा आफुलाई पनि धेरै चिन्तित बनाएको बताए । साथै उनले दशैंमा कसैलाई पनि समस्या नहोस् भनेर समन्वय गरी राहत जुटाउने कार्य गरेको पनि बताए ।
उनका अनुसार बिरेन्द्र सुब्बा र भोगेन्द्र श्रेष्ठका परिवार आफन्तको घरमा केही समयको लागि बसेका छन् भने विमला र सीताको परिवारलाई मेयर हर्कराज राई (साम्पाङ)सँग समन्वय गरेर सभागृहको स्टेजमा रहेको चेन्जिङ रुममा अस्थायीरुपमा राखिएको छ । उनले पीडित परिवारलाई बसोबासको व्यवस्थापन गर्न अझै पनि सहयोगको खाँचो रहेकोले सहयोगको अपिल पनि गरे ।
असोज १५ गते बिहानै सभागृह मार्गस्थित जसमाया तामाङको घरमा आगलागी हुँदा उक्त घरमा डेरामा बसेका चार परिवारको सबै सामान जलेर नष्ट भएको थियो । काठको पुरानो घर भएकोले आगो छिटो सल्किाएको थियो भने ग्याँस सिलिण्डर बिष्फोटसमेत भएको थियो ।
भिडियो:
भिडियो