धरान: डेडीकेटेड लाइनको बक्यौता नतिरेको भन्दै सरकारको निर्देशनमा विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सलगायत विभिन्न औद्योगिक क्षेत्रको विजुलीको लाइन काटेकोमा सुनसरी उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।
संघका अध्यक्ष गोपाल श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सुनसरी मोरङ औद्योगिक कोरिडरका ठुला उद्योगहरुमा लाइन काटिएको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले उत्पादनशील क्षेत्रलाई थप संकट पार्ने गरि एक्कासी विद्युत आपूर्ति कटौती गर्नु व्यवहारिक र औद्योगिक विकासको दृष्टिले न्याय संगत नभएको पनि उल्लेख गरेका छन् ।
श्रेष्ठले रिलायन्सलगायत ठुला उद्योगहरुमा विद्युत काटिदा करिब २५ हजार मजदुर, कर्मचारीहरुको रोजीरोटी संकटमा पर्ने जोखिम रहेको र ८१ प्रतिशत राजश्व संकलन गर्दै आएको सरकारको समेत दैनिक १० करोड रुपैया राजश्व संकलनमा प्रभाव पर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् । उद्योगहरु बन्द भएको कारण दैनिकरुपमा विद्युत महशुल वापत बुझाउदै आएको ५ करोड रुपैया पनि संकलन हुनसक्ने सम्भावना नभएको विज्ञप्तीमा उल्लेखछ ।
संघले सरकार र नेपाल विद्युत प्राविकरणले तत्काल औद्योगिक क्षेत्रका प्रतिनिधि संस्थाहरुसँग संवादमार्फत समस्याको समाधान खोज्ने नीति अपनाउन अत्यावश्यक भएको औल्याएको छ । विद्युत कटौती गरिएका उद्योगहरुमा तुरुन्त विद्युत सुचारु गरी संवाद थाल्न आग्रह गर्दै संघले विद्युत कटौतीका कारण बन्दले बन्द भएका उद्योगहरु संचालन नभएमा मजदुर कर्मचारीको आन्दोलनमा संघको एक्यतावद्धता रहने पनि घोषणा गरेको छ ।

 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



