धरान: धरान १६ स्थित नौली बस्तीमा खटिएको प्रहरी टोलीले एक युवालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो दिउँसो करिब ४ बजे नौलो बस्तीकै २९ बर्षीय बिष्णु सुब्बालाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी बिट जोरसखुवाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सुब्बालाई शंका लागि चेकजाँच ५२५ ट्याब्लेट ट्रामाडोल र ३७५ ट्याब्लेट डिक्लोमाईन गरी कुल ९ सय ट्याब्लेट फेला पारेको जनाएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।







