धरान: अनन्त शिक्षा ज्योति आधारभूत विद्यालय, धरान ११ को व्यवस्थापन समिति अध्यक्षमा रिकेश विश्वकर्मा चयन भएका छन् । 

आइतबार शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का संयोजकत्वमा भएको भेलाले विश्वकर्माको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सूर्यबहादुर विक, अमृता श्रेष्ठ, लक्ष्मी भूजेल (तामाङ) र मनिता रसाइली चयन भएका छन् । 

साथै, वडाध्यक्ष लोकेन्द्र कुमार फागो पदेन सदस्य, दिविन्द्रबहादुर कटुवाल शिक्षक प्रतिनिधि र सर्मिला तामाङ सदस्य सचिव रहेका छन् । यसैगरि, शिक्षक अभिभावक संघ भीमप्रसाद राईको अध्यक्षतामा गठन भएको छ।