धरान: सुनसरी उद्योग वाणिज्य संघले दुई पत्रकारसहित उद्योगी, व्यावसायीहरुलाई सम्मान गरेको छ ।
संघको शनिबार सम्पन्न ४२ औं वार्षिक साधारण सभाको अवसरमा पत्रकारद्वय देवेन्द्र कार्की र स्वर्णिम राईलाई सम्मान गरेको हो । सुनसरीलाई कार्यक्षेत्र बनाई धार्मिक पर्यटनमा कलम चलाएका पत्रकार कार्की र आर्थिक पर्यटनमा कलम चलाएकि पत्रकार राईलाई जनही नगद ११ हजार १ सय ११ रुपैया र सम्मान पत्र प्रदान गरिएको थियो । संघकै सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले उनीहरुलाई नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।
यसरी नै संघले हरेक वर्ष झै यसपाली पनि विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायलाई पनि सम्मान गरेको छ । साधारणसभाको अवसरमा यो वर्ष उद्योगीतर्फ सूर्या मेटेल ईण्ड्रटिज प्रालिका रोहित ताम्रकार सम्मानित भएका छन् भने व्यवसायी तर्फबाट धरान टेड्रिङका निर्मल अग्रवाल सम्मानित भएका छन् ।

यस्तै, संघमा सदस्यहरु दर्ता हुदा नै १ न.मा दर्ता भई नियमित रुपमा नविकरण गर्दै आएका ९३ वर्षिय महाविर चुरी भन्डारका देविराम अग्रवाललाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो । यस्तै, स्वस्थ्य क्षेत्रमा योगदान पुराएका डा। खालिद हुुसेन र डा। तपन तरफदारलाई पनि सम्मान गरिएको थियो ।
युवा उद्यमीतर्फ समृद्धि नेचुरल सपका सञ्चालिका मनिता घिमिरलाई पनि संघले सम्मान गरेको छ । उनले स्थानिय प्राकृतिक स्रोत प्रयोग गरेर साबुन बनाउने र विभिन्न क्षेत्रम पुगेर महिलाहरुलाई तालिम दिदै आएकि छिन् । नयाँ युवा उद्यमीहरुको हौसला बढाउनका लागी संघले सम्मान गरेको सम्मान छनौट समितिका संयोजक राम स्वरुप शर्माले बताए ।

संघमा अग्रजलाई सम्मान गर्दै मनमोहन श्रेष्ठ र हिरा उदासलाई मनार्थ सदस्यमा मनोनित गरि हलमा अध्यक्ष गोपाल श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए । संघका पुर्वअध्यक्ष सरोज श्रेष्ठ विपि प्रतिष्ठानको सिनेट सदस्य मनोनित भएकोमा कार्यक्रममा नै दोसल्ला ओढाएर बधााई ज्ञापन गरिएको थियो ।
साधारण सभाको खुल्ला सत्रमा राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका अध्यक्ष श्याम पोखरेलले मन्तव्य राखेका थिए । उनले धरानको चर्को भाडा दर कै कारण यहाँको व्यापार महँगो भएको जनगुनासो आएको उल्लेख गर्फै उनले सम्बन्धित निकायहरुसङ्ग बसेर उद्योग वाणिज्य संघले तत्काल समन्वय गर्नुुपर्नेमा जोडदिए । नयाँ नेतृत्वमा आएका अध्यक्षले कार्यालयमा फोटो मात्रै टास्ने काम गर्नु भन्दा पनि उल्लेखनिय काम गरे संघको साखलाई बढाउने गरि काम गर्न सुझाव पनि दिए ।

पूर्व मेयर तिलक राईले व्यवसाय गर्नेले बिमा अनिवार्य गर्नुपर्नेमा जोड दिए । भर्खरै मात्र धरान ९ स्थित एक पसल आगालागीले ध्वस्त बनाएको उदाहरण दिदै बिमा नहुदा आर्थिक जोखम कम गर्न नसकेको पनि बताए । 'तसर्थ उद्योग वाणिज्य संघले धरानका व्यवसायहरुलाई बिमाका लागि सचेत गराउनु पर्ने र बिमा गर्न सहजिकर गर्न आवश्यक छ,'उनले भने ।
पुर्व मेयर राईले स्थानिय सरकरले सानो साबुन उद्योग खोलेर ठुलो प्रपोगण्डा मचाईरहेको आरोप समेत लगाए । उनले भने-'निज लगानीमा प्राकृतिक स्रोत प्रयोग गरि साबुन उद्योग संचालन गर्नेलाई स्थानीय सरकारले प्रोत्साहन गर्न सक्दैन ।'
व्यवसायीकै वेवास्तले मिसम्याचको समस्या: महानिर्देशक दाहाल
आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले व्यवसायीहरुको वेवास्ताले नै मिसम्याचलो समस्या आएको बताए । कर सम्बन्धी कुनै पनि समस्या आए कर कार्यालय गए नबुझ्ने र कर सहयोगी या अडिटरको सहयोग लिने गरेको उनले बताए ।
मिसम्याचको समस्याबारे गुनासोको जवाफ दिदै दाहालले भने-'खरिद कर्ताको बिल या बिक्रीकर्ताको बिलमा समस्या हो बुझेर समयमा समाधान गर्नुपर्छ ।' मिसम्याचकोे समस्या आए सिधै कर निर्धारण गर्न भन्दा छानबिन गरे मात्रै कर निर्धारण गर्नका लागि निर्देशन दिएको बताए ।

नक्कली भ्याट बीलको समस्याले व्यवसायीहरु मानसकि र व्यवसायिक तनावमा रहेको गुनासोमा दाहाले भने-'करदातालाई नक्कली भ्याट बिलको इस्युले मार्कमा परेको गुनासो देशभरिबाट आउदा हामीले करदातालाई राहत हुने गरि स्किमका मोडलहरुको प्रस्ताव लिएर अर्थमन्त्रालय गयौ तर म्यानेजमेन्टबाट पास भएन तर आशा गरौ भोलीको दिनमा हुन्छ ।'
करदातालाई छिटो र प्रभावकारी सेवा उपलब्ध होस भनि स्थानिय सरकार मातहत करदाता सेवा संचालनमा यो वर्ष देखि शुरु गरिएको दाहालले बताए । भर्खरै मात्र मोरङ्गको केराबारीमा नगरपालिकामा करसेवा संचालनमा ल्याएको पनि बताए । यो वर्षको असार सम्म ५६ पालिकामा संचालनम ल्याउने तयारी भईरहेको र अर्को बर्ष ७५३ पालिकामा यो सेवा लाने महानिर्देशकले दाहालले बताए ।
संघका अध्यक्ष गोपाल श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै कर तथा राजश्व प्रणालीमा रहेका समस्या तथा समाधानका लागि ८ बुदे सुझाव प्रस्तुत गरेका थिए । साथै हलमा वार्षिक प्रतिवेदन महासचिव प्रभात खतिवडाले प्रस्तुत गरेका थिए । संघको आर्थिक प्रतिवेदन कोषाध्यक्ष शैलेस आचार्यले बन्द सत्रमा प्रस्तुत गरेका थिए ।









